सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • आजको मौसम : हिमपात र वर्षाको सम्भावना

आजको मौसम : हिमपात र वर्षाको सम्भावना

3220
Shares
आजको मौसम :  हिमपात र वर्षाको सम्भावना

 

काठमाडौं, २५ पुस : देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसकाे कारणले आज देशका अधिकांश भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखी सामान्य बदली रहने मौसम जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

3220
Shares

ट्रेन्डिङ