सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेका एसपी खत्रीको नक्सालमा सरूवा, उनको ठाउँमा को आउँदै छन् ?

काभ्रेका एसपी खत्रीको नक्सालमा सरूवा, उनको ठाउँमा को आउँदै छन् ?

3825
Shares
काभ्रेका एसपी खत्रीको नक्सालमा सरूवा, उनको ठाउँमा को आउँदै छन् ?

 

काभ्रेका प्र ह री उपरीक्षक (एसपी) भुपेन्द्रबहादुर खत्रीको सरुवा भएको छ । उनको प्र ह री  प्रधान कार्यालय जगेडापुल नक्साल काठमाडौंमा सरूवा भएको हो ।

अब काभ्रेमा चक्रराज जोशी आउने भएका छन् । जोशी काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा कार्यरत रहेका थिए ।

नेपाल प्रहरीका ३४ जना प्र ह री उ प री क्ष क (एसपी) को सरूवा भएको हो । आइतबार  प्र ह री महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरूवा भएको भएको हो। उनीहरूको पुस महिना देखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा भएको प्र ह री प्रधान कार्यालयले जानकारी दिएको छ।

अमरेन्द्रबहादुर सिंहको प्र ह री प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखाबाट गण्डकी प्रदेश प्र ह री कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा भएको छ। सिंहको ठाउँमा उमाप्रसाद चतुरबेदीको सरूवा भएको हो। उनी कञ्चनपुरका प्रमुख थिए। उनको ठाउँमा श्याम सिंह चौधरीलाई काठमाडौं उपत्यका प्रहरी इन्टेलिजेन्स शाखाबाट सरूवा गरिएको छ।

गण्डकी प्रदेश प्र ह री कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका अरूण पौडेललाई नेपाल प्र ह री विपद व्यवस्थापन कार्यालय सामाखुशी काठमाडौं मानवस्रोत व्यवस्थापन शाखामा सरूवा भएको छ।

अर्जुन प्रसाद तिमिल्सीनाको काठमाडौं उपत्यका प्र ह री शिक्षालयबाट जिल्ला प्र ह री कार्यालय सिरहामा सरूवा भएको हो। सिरहामा रहेका हिराबहादुर पाण्डे विवादमा तानिएपछि उनको सरूवा गरिएको थियो। पछि उनलाई निलम्बन गरिएको छ। उनलाई कर्णाली प्रदेश प्र ह री कार्यालय विरेन्द्रनगर सुर्खेत आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरूवा गरिएको छ।

महानगरीय प्र ह री परिसर ललितपुरमा कार्यरत प्रज्वल महर्जनको पूर्वी नवलपरासीमा सरूवा भएको छ। उनको ठाउँमा नेपाल प्र ह री शिक्षालय भरतपुरका सिद्धिबिक्रम शाहको सरूवा भएको प्र ह री प्रधान कार्यालयले जनाएको छ।

3825
Shares

ट्रेन्डिङ