सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एमाले काभ्रे अधिवेशनः उपाध्यक्षमा कस्ले मार्ला बाजी ?

एमाले काभ्रे अधिवेशनः उपाध्यक्षमा कस्ले मार्ला बाजी ?

3065
Shares
एमाले काभ्रे अधिवेशनः उपाध्यक्षमा कस्ले मार्ला बाजी ?

 

एमाले काभ्रेको उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । कञ्चन अधिकारी, चन्द्र लामा र हरिशरण दाहालले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

तीनै जना नेता एमालेको कार्यकारी पदका लागि आवश्यक छन् । तर एक जनाले मात्रै जित्ने छ । अन्तिमसम्मको सहमति प्रयास असफल भएपछि १० औँ जिल्ला अधिवेशन निर्वाचत तर्फ मोडिएको हो ।

कञ्चन अधिकारी एमाले पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको सबैभन्दा विश्वासिलो पात्रोको रुपमा चिनिनु हुन्छ । युवा प्रतिनिधि माज अधिकारीको छुट्टै क्रेज छ ।

हक्की स्वभाव, युवाहरुको सुख र दुःखमा निरन्तर साथ दिँदै आएका नेता अधिकारीलाई बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री समेत भइसक्नुभएका सांसद चन्द्र लामाले काउण्टर दिँदै हुनुहुन्छ ।

सांसद लामा पनि अधिकांश युवा प्रतिनिधिसँग चिरपरिचित हुनुहुन्छ । लामा तत्कालिन युवा संघको केन्द्रीय पदाधिकारीमा रहेर काम गरिसक्नुभएकाले पनि अधिवेशनमा प्रतिनिधि बनेर आएका युवासँग राम्रो सम्बन्ध छ ।

अर्का उम्मेदवार हरिशरण दाहाल नवौँ जिल्ला अधिवेशनमा सचिब पदमा पराजित हुनुभएको थियो । त्यो बेला दुई समूहबीच निर्वाचन भएको थियो । दाहाल माधव नेपाल समूहबाट सचिबमा प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

पछिल्लो अवधिसम्म पनि दाहाल माधव नेपालकै पक्षमा हुनुहुन्थ्यो । तर गोकुल बाँस्कोटाले पार्टीमा उचित जिम्मेवारीको आश्वासन दिएर एमालेमै थमाएको चर्चा प्रतिनिधि माज छ । दाहाल कानुन ब्यवसायी समेत हुनुहुन्छ ।

उपाध्यक्षका उम्मेदवार तीनै जना उत्तिकै प्रतिस्पर्धी देखिएका छन् । अहिले विहान ७ बजेबाट मतदान सुरु हुनेछ । धुलिखेल नगरपालिकाको सभाहलमा मतदान हुनेछ । विद्यूतीय भोटिङ मेसिन प्रयोग गरिएको मतपरिणाम आउन धेरै समय कुर्नुपर्ने छैन् ।

 

 

3065
Shares

ट्रेन्डिङ