सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाह्र वर्षे मकर मेला रोकिदैन : नगरप्रमुख भीम न्यौपाने

बाह्र वर्षे मकर मेला रोकिदैन : नगरप्रमुख भीम न्यौपाने

17105
Shares
बाह्र वर्षे मकर मेला रोकिदैन :  नगरप्रमुख भीम न्यौपाने

 

काभ्रेपलाञ्चोकको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेलाको तयारी अन्तिम चरणमा पुगेका छ ।

को रो ना म हा मा रीकाबिच नजिकिएको बाह्र वर्षे मकर मेला सिसिएमसीको निर्णय अनुसार अब के होला भन्ने धेरैको कौतुहलता छ ।

आइतबार बसेको सिसिएमसीको बैठकले २५ जनाभन्दा बढि भेला नहुन,भिडभाड नगर्न,मेला महोत्सव नगर्न आह्वान गरेको छ । तर पनौती नगरपालिकाले भने मकर मेला नरोक्ने भएको छ ।

सिसिएमसीको तत्कालको निर्णय अनुसार मकर नुहाउन २५-२५ जनालाई मात्र अनुमति दिने नगरप्रमुख भीम न्यौपानेले जानकारी दिनुभयो । केद्रिय सरकारको निर्णय अनुसार पालिका चल्ने बताउदै स्वास्थ्यका मापदण्ड अपनाएर मेला सफल पार्ने उहाँले बताउनुभयो ।

उहाँले एक दुई दिनभित्र मेलाको सम्पूर्ण तयारी सक्ने पनि जानकारी दिनुभयो । ‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ भन्ने नाराका साथ आउँदो माघ १ गतेदेखि एक महिनासम्म मेला लाग्नेछ ।

आवश्यक पर्ने व्यवस्थापकीय कामका लागि अहिले भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिइरहेको मकर मेला मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले बताउनुभयो ।

मेलामा आउने दर्शनार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै समितिले पाँच वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने र सुरक्षा व्यवस्थापन गर्न सिसीटिभी जडान गर्ने कामलाई प्राथमिकतामा राखिएको छ ।

पालिकाले यसअघि नै सो क्षेत्र भएर चल्ने टिपर एक महिनाको लागि बन्द गरिने बताइसकेको छ ।

पनौती नगरपालिका–७ ले सूचना जारी गर्दै माघ महिनाभर लाग्ने बाह्र वर्षे मकर मेलाका लागि स्नानकुण्ड सरसफाइ तथा व्यवस्थापन गर्न यही २६ गतेदेखि नै सो क्षेत्रमा चल्ने टिपर बन्द गर्ने निर्णय गरेको हो ।

टिपरसँगै सो क्षेत्रमा खानी उत्खनन् नगर्न तथा वडा बासिन्दाले घरपालुवा हाँस एवं पशुपन्छी खोलामा नछाड्नसमेत आग्रह गरिएको छ । नगरपालिकाले मकर स्नानका लागि लिलावती र पुण्यमाता खोलामा बग्ने पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य पानी (काभ्रे एकीकृत खानेपानीबाट आएको पानी) जमाएर स्नान गर्ने व्यवस्था मिलाएको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

 

 

17105
Shares

ट्रेन्डिङ