सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एमाले काभ्रेको मतगणना सकियो, कुन पदमा को विजयी ?

एमाले काभ्रेको मतगणना सकियो, कुन पदमा को विजयी ?

5710
Shares
एमाले काभ्रेको मतगणना सकियो, कुन पदमा को विजयी ?

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा भएको निर्वाचनको मत गणना सकिएको छ । अन्तिम नतिजा अनुसार उपाध्यमा चन्द्र लामा ६३९ मत सहित विजयी हुनुभएको छ ।

उपाध्यक्षका उम्मेदार कन्ञ्च अधिकारीले ३९३ मत र हरिशरण दाहालले ३३१ मत प्राप्त गर्नु भएको छ ।

सचिबमा राजन भुर्तेल ७३७ मत सहित विजयी हुनुभएको छ । इन्द्र बहादुर तामाङ ६२६ मत ल्याएर पराजित हुनुभएको छ ।

उपसचिबमा कुमार तिमल्सिना ३७५ मत, राजकुमार सापकोटा ३७५ मत, महेश्वर जंगम ७२ मत, बिदुर हुमागाई २०४ मत र दिलिप लामाले ३३७ प्राप्त गर्नुभएको छ ।

अधिवेशन १४ सय ३५ जना प्रतिनिधिमा १३ सय ६३ मत खसेको थियो ।

5710
Shares

ट्रेन्डिङ