सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाईदै

आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाईदै

2235
Shares
आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाईदै

 

काठमाडौं, २७ पुस : आज ३ सयौं पृथ्वी जयन्ती । राष्ट्र निर्माता बडामहाजधिराज पृथ्वीनारायण शाहको ३ सयौं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर धुमधामसंग मनाईदै छ ।

सरकारले पूरै बेवास्ता गरे पनि पृथ्वी जयन्तीलाई नागरिकले राष्ट्रिय पर्वका रुपमा मनाईरहेका छन् । २०६३ सालपछि गठीत सरकारहरुले पृथ्वी जयन्तीप्रति शत्रुभाव प्रकट गर्दै आएका छन् । तर जनस्तरबाट भने यो दिवसलाई भव्य रुपमा मनाउने गरेका छन् ।

पछिल्ला वर्षहरुमा त स्थानीय तहहरुले राष्ट्रिय पर्वको रुपमा विदा समेत दिन थालेका छन् । आज पनि विभिन्न संघ संस्थाहरुले पृथ्वी जयन्ती भव्य रुपमा मनाउँदै छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले तीन दिनदेखि पृथ्वी जयन्तीका कार्यक्रम गर्दै आएको छ भने आज विहान ११ बजे प्रभातफेरि निकाल्दै छ ।

राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न व्यक्ति सहभागी हुने बताइएको छ । सिंहदरबार पश्चिम मूलद्वारमा रहेको राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगनको स्मरण गरिँदै छ ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।

 

2235
Shares

ट्रेन्डिङ