सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • एमाले काभ्रेको सदस्यमा ७ जना पत्रकार निर्बाचित

एमाले काभ्रेको सदस्यमा ७ जना पत्रकार निर्बाचित

5240
Shares
एमाले काभ्रेको सदस्यमा ७ जना पत्रकार निर्बाचित

 

काभ्रेका ७ जना पत्रकार एमाले काभ्रेको सदस्यमा निर्वाचित भएका छन्।

नेकपा एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनबाट जिल्लाका सक्रिय पत्रकारहरु एमाले काभ्रेको सदस्यमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट एक दशक बढि पत्रकारीता पेशा अङ्गालेका ७ पत्रकारहरु एमाले काभ्रेको सदस्यमा बिजय भएका हुन् ।

खुल्ला जिल्ला सदस्यमा पत्रकारहरु भोजराज तिमल्सिनाले ६ सय ७५ मत, नवराज बजगाईँ ५ सय ६१ मत, होम चौलागाईले ५३६ मत पाएर निर्बाचित भए ।

त्यस्तै भूगोल सदस्य क्षेत्र नं १ बाट पुर्णचन्द्र सिग्देलले ४ सय ८१ मत पाए भने भूगोल क्षेत्र नं २ बाट श्याम सापकोटाले ३ सय ७६ मत पाएर निर्बाचित भए ।

यता खुल्ला महिला जिल्ला सदस्यतर्फबाट सुर्यमाया दनुवारले ९ सय ७० मत पाइन् भने सजना आचार्यले ८ सय ६६ मत पाएर निर्बाचित भएका छन् ।

नेकपा एमाले काभ्रेको दशौं अधिवेशन अन्तर्गत उपाध्यक्ष, सचिव, उपसचिव र जिल्ला कमिटी सदस्य चयनका लागि हिजो धुलिखेल नगरपालिकाको सभाहालमा मतदान भएको थियो ।

 

5240
Shares

ट्रेन्डिङ