सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अब काभ्रेमा सार्वजनिक सेवा लिन कोरोना खोप कार्ड अनिवार्य

अब काभ्रेमा सार्वजनिक सेवा लिन कोरोना खोप कार्ड अनिवार्य

5325
Shares
अब काभ्रेमा सार्वजनिक सेवा लिन कोरोना खोप कार्ड अनिवार्य

 

काभ्रे : जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) काभ्रेको बैठकले सार्वजनिक ठाउँमा को रो ना खोप अनिवार्य गर्ने भएको छ ।

माघ ७ गतेबाट लागू हुने गरि सार्वजनिक सेवा प्राप्त गर्न खोप अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यलय काभ्रेले जनाएको छ ।

खोप लगाएको कार्ड अनिवार्य गरिएको (मोबाइलमा खिचेको फोटो भएपनि ) अनिवार्य गरिएको छ ।

सार्वजनिक स्थलहरु होटल,रेस्टुरेन्ट,पार्क,सिनेमा हल लगायतमा खोप कार्ड अनिवार्य गरिएको छ ।

बैठकले जिल्लाको धुलिखे, मंगलटार,दोलालघाट क्षेत्रमा निशुल्क एन्टिजेन परिक्षण बुथ स्थापना गर्ने निर्णय पनि गरेको छ ।

सबै स्थानीयतहहरुलाई निशुल्क एन्टिजेन परिक्षण बुथमा एन्टिजेन परिक्षण गर्न सहजिकरण गर्न अनुरोध पनि गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

 

5325
Shares

ट्रेन्डिङ