सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

स्मार्ट लकडाउन लागू

4330
Shares
स्मार्ट लकडाउन लागू

 

काठमाडौं, २८ पुस : काठमाडौं उपत्यकामा को रो ना सं क्र म ण बढेसँगै स्थानीय प्रशासनले गए रातिदेखि स्मार्ट लकडाउन लागू गरेको छ । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले रातीदेखि नै ‘स्मार्ट लकडाउन’ लागू गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्मार्ट लकडाउनका लागि १८ वटा आदेश जारी गरेको छ । त्यस्तै, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले पनि फरक फरक विज्ञप्ति निकाली आदेश जारी गरेका छन् ।

स्थानीय प्रशासनहरुले सर्वसाधारणलाई अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र सार्वजनिक स्थानमा जाँदा अनिवार्य मास्क लगाउन भनेका छन् । को भि ड महामारी सम्बन्धि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, भौतिक दुरी कायम राख्न र साबुन पानीले बेलाबेलामा हात धुन पनि प्रशासनले आग्रह गरेको छ ।

यसैगरी, माघ ७ गतेदेखि सिनेमाघर र पार्टी प्यालेसलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य खोप कार्ड देखाउन पनि आग्रह गरिएको छ । खोप कार्डको फोटो खिचेर मोबाइलमा राखे पनि हुने ब्यवस्था गरिएको छ ।

यस्तै, २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरिएको छ । औषधि लगायत अत्यावश्यक बस्तु तथा सेवा आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने गरेमा कानुन बमोजिम कारबाही गर्ने पनि आदेशमा उल्लेख छ । सरकारले यस अघि नै माघ १५ सम्मका लागि विद्यालय बन्द गरिसकेको छ ।

 

 

4330
Shares

ट्रेन्डिङ