सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

3005
Shares
आजको मौसम :  वर्षा र हिमपातको सम्भावना

 

काठमाडौं, २८ पुस : आज देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश नम्बर–१ र प्रदेश नम्बर–२ सहित देशका पहाडी भू–भागहरूमा सामान्य बदली छ । बाँकी स्थानहरूमा आंशिक बदली छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ ।

बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

3005
Shares

ट्रेन्डिङ