सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाह्र वर्षे मकर मेलाको तयारी अन्तिम चरणमा (फोटो फिचर )

बाह्र वर्षे मकर मेलाको तयारी अन्तिम चरणमा (फोटो फिचर )

10335
Shares
बाह्र वर्षे मकर मेलाको तयारी अन्तिम चरणमा (फोटो फिचर )

 

काभ्रेपलाञ्चोकको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेलाको तयारी अन्तिम चरणमा पुगेका छ ।

जिल्ला कोभिड ब्यवस्थापन समिति काभ्रेको बैठकले मकर मेला सञ्चालन नगर्ने निर्णय गरेको छ ।

जिल्ला कोभिड ब्यवस्थापन समिति (डिसीएमसी) ले २५ जनासम्म भक्तजनले स्नान गर्न भने पाउने बताएको छ । तर मेलाको रुपमा भिड्भाड गर्न पाइने छैन् ।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले एक दुई दिनभित्र मेलाको सम्पूर्ण तयारी सक्ने पनि जानकारी दिनुभयो ।

‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ भन्ने नाराका साथ आउँदो माघ १ गतेदेखि एक महिनासम्म मेला लाग्नेछ ।

आवश्यक पर्ने व्यवस्थापकीय कामका लागि अहिले भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिइरहेको मकर मेला मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले बताउनुभयो ।

10335
Shares

ट्रेन्डिङ