सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एमाले काभ्रेको राजनीतिमा को–को नेता भए ‘कोल्याप्स’ ?

एमाले काभ्रेको राजनीतिमा को–को नेता भए ‘कोल्याप्स’ ?

3135
Shares
एमाले काभ्रेको राजनीतिमा को–को नेता भए ‘कोल्याप्स’ ?

 

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनबाट कयौँ इमान्दार नेता मुलधारको राजनीतिबाट बाहिरीएका छन् ।

एमाले काभ्रेको पहिलो तहका नेता पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाको नेतृत्वमा पहिलो पटक भएको अधिवेशनले धेरै कयौँ नेताको मन कुडाएको छ । पार्टी फुटपछि आफ शीर्ष नेता बनेका बेला बाँस्कोटाले पुराना, पाका र इन्दार नेताहरुलाई स्पेस दिएनन् ।

एमाले काभ्रेको पदाधिकारीदेखि सदस्यसम्ममा बढी भन्दा बढी युवालाई ठाउँ दिएका बाँस्कोटाले आफुभन्दा अघिदेखि एमाले पार्टीमा योगदान गरेका धेरै जसोलाई ‘कोल्याप्स’ गरिदिएका छन् । चाहे त्यो समायोजना प्रक्रियाबाट आएकालाई सर्वसम्मत बनाउने नाउमा हो । या त निर्वाचनका माध्यमबाट ।

यसअघिका अधिवेशनमा बाँस्कोटा तेस्रो, चौथो नेताको रुपमा हुन्थे भने यो पटक पहिलो तहकै नेताको रुपमा बाँस्कोटाले बन्द सत्र चलाउनुभएको थियो । तर धेरै नेतालाई बाहिरा राखेर नयाँ टिम सिर्जना गरिएको छ ।

लामो योगदान गरेका इन्द्र बहादुर तामाङ सचिबमा पराजित हुनुभयो । गोकुल बाँस्कोटाले उचित स्थान दिने बाचा हरिशरण दाहाल प्रतिपनि पुरा गर्नुभएन् । उपाध्यक्षका उम्मेदवार दाहाल तेस्रो स्थानमा रहनु भयो । उपाध्यक्षमा चन्द्र लामा विजयी हुँदा दाहाल र कञ्चन अधिकारी पराजित हुनुभयो ।

अझ रोचक त नवौँ जिल्ला अधिवेशनबाट सचिबमा निर्वाचित नारायण पाण्डेलाई १० औँ जिल्ला अधिवेशनमा कतै पनि स्पेस दिइएन् । भिम न्यौपानेले पनि कतै ठाउँ पाउनु भएन् ।

न्यौपानेले नवौँ जिल्ला अधिवेशनमा केपी ओली प्यालनबाट अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । माधव नेपाल प्यानलका टोक बहादुर वाइबासँग न्यौपाने पराजित हुनुभएको थियो ।

१० औँ जिल्ला अधिवेशनमा कुमार भट्टराई, उद्योग वाणिज्य संघ काभ्रेका महासचिब रविन्द्र बैदार लगायत पार्टीलाई लामा समयदेखि लगानी र योगदान गर्दै आएका दर्जनौँ नेताहरुलाई पनि कोल्याप्स हानिएको छ ।

 

3135
Shares

ट्रेन्डिङ