सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • चलचित्र पशुपति यात्राको शुभमुहूर्त

चलचित्र पशुपति यात्राको शुभमुहूर्त

5070
Shares
चलचित्र पशुपति यात्राको शुभमुहूर्त

pashu-patiiiकाठमाडौं, २६ मंसिर । याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा नवनिर्देशक बिशेष पन्तको चलचित्र ‘पशुपति यात्रा’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा औपचारिक रूपमा चलचित्रको शुभमुहूर्त गरिएको हो ।

नेपाली आम नागरिकको जीवनचक्रमा आधारित यथार्थपरक जीवन कहानीमा कथा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मानछे जन्मेपछि मृत्यु अवश्यंभावी रहेको भन्दै ‘पशुपति यात्रा’ निर्माण कार्य प्रारम्भ गरिएको हो । मानिसको जीबन मरणको यथार्थ काहानीलाई पर्दामापÞर्mत दर्शक स्रोता माझ पु¥याउन यो चलचित्र बनाउन लागिएको निर्देशक तथा चलचित्र लेखक बिशेष पन्तले बताए ।
हास्य कलाकार महादेव त्रिपाठी, सूरवीर पण्डित, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, ध्रुव बिस्को, राजीब धमला, नवनायिका सिम्पल खरेलको उपस्थितिमा सम्पन्न शुभमुहूर्त कार्यक्रममा यस चलचित्रका लेखक तथा निर्देशक विशेष पन्तले चलचित्रको बारेमा प्रस्ट्याएका थिए । चलचित्र आमनेपाली दर्शकहरूको रोजाइमा पर्नसक्ने खालको बनाउने कुरामा आपूm विश्वस्त रहेको उनको भनाइ छ ।
चलचित्र पशुपति यात्रा फिल्मको लेखन बिशेष पन्तले गरेका हुन् भने यस चलचित्रमा हास्य कलाकार सुरेन्द्र केसी, सूरवीर पण्डित, रामचन्द्र अधिकारी, चर्चित जादुगर, हास्यकलाकार तथा कुशल अभिनेता महादेव त्रिपाठी, रेशम फरिरी, सुरजनी केसी, संदीप सेंचुरी, प्रेणना महर्जन, लक्ष्मी श्रेष्ठ, शीतल केसी, राजेन्द्र गिरी, जीवन लामा, मोहनविक्रम श्रेष्ठ, राजु सिंह, राहुल बराइली, सुदर्शन ढकाल, अन्जु थापा, बाल कलाकार आस्रिनी लामा, आशीष लामा र सागर गैरको चलचित्रमा अभिनय रहने भएको छ ।
त्यस्तै यस चलचित्रका निर्माता मधुर बस्नेत रहेका छन् भने यस चलचित्रका छायांकन निर्माता आफै मधुर बस्नेतले नै गर्ने भएका छन् । साथै द्वन्द्व सम्राट बस्नेत र गीत संगीतकारहरूमा ध्रुव बिस्को, टंक बुढाथोकी, सुनिता दुलाल, मौसम गुरुङ, इन्दिरा जोशी र साजन राई रहेका छन् ।

5070
Shares

ट्रेन्डिङ