सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाजवादी प्रेस संगठन काभ्रेको अध्यक्षमा सन्तोष चौलागाईं

समाजवादी प्रेस संगठन काभ्रेको अध्यक्षमा सन्तोष चौलागाईं

4540
Shares
समाजवादी प्रेस संगठन काभ्रेको अध्यक्षमा सन्तोष चौलागाईं

 

काभ्रे । काभ्रेमा नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन समाजवादी प्रेस संगठन घोषणा गरिएको छ ।

आज बनेपा स्थित पार्टी कार्यालयमा सन्तोष चौलागाई अध्यक्षको रहेको समाजवादी प्रेस संगठन घोषणा गरिएको हो । संगठनको उपाध्यक्षमा ज्ञान तामाङ चयन भएका छन् ।

सचिवमा अमित न्यौपाने चयन हुँदा सहसचिवमा निमेश सापकोटा छानिएका छन् । त्यस्तै कोषाध्यक्ष कमल कुइकेल बनेका छन् ।

सदस्यहरुमा क्षितिज सहयात्री, निश्चल दाहाल, सुस्मिता न्यौपाने , पुष्पा राइ हायु, बिनय घोरसाइने, देब तामाङ, निल प्रसाद ढकाल, दिनेशराज खरेल, सरल बि.क, भरोसा हुमागाईं, पुजा बजगाई, दिपेश श्रेष्ठ, बालकृष्ण नापित, बिनिता बि.क., बुद्धिमान बि., बिन्दा बि.क र उषा लामा चयन भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) उपमहासचिब एवं प्रचार विभागका प्रमुख जगनाथ खतिवडाको प्रमुख आतिथ्यातामा भएको भेलाले २१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।

4540
Shares

ट्रेन्डिङ