सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको चौँरी देउरालीले २४ घण्टा नपुग्दै उल्ट्यायो आफ्नो निर्णय, माघ २ गतेबाट विद्यालय बन्द

काभ्रेको चौँरी देउरालीले २४ घण्टा नपुग्दै उल्ट्यायो आफ्नो निर्णय, माघ २ गतेबाट विद्यालय बन्द

4215
Shares
काभ्रेको चौँरी देउरालीले २४ घण्टा नपुग्दै उल्ट्यायो आफ्नो निर्णय, माघ २ गतेबाट विद्यालय बन्द

 

काभ्रेको चौँरीदेउराली गाउँपालिकाले विद्यालय सम्बन्धी अर्काे निर्णय गरेको छ ।

हिजो वैकल्पिक माध्यमबाट पठनपाठन गराउन सहज नभएको भन्दै विद्यालय बन्द नगर्ने निर्णय गरेको थियो । कोरोना भाइरस संक्रमण दर बढेसंगै सरकारले देशैभरका विद्यालय बन्द गर्न आग्रह गरेपनि चौरीदेउराली गाउँपालिकाले भने विद्यालय बन्द नगर्ने भन्दै हिजो सूचना प्रकासन गरेको थियो ।

वैकल्पिक विधिबाट सिकाई सहजीकरण प्रभावकारी नदेखिएकोले भौतिक रुपमा नै पठनपाठन गराउन विद्यालयहरुलाई पालिकाले आग्रह गरेको थियो । तर त्यसको २४ घण्टा पनि बित्न नपाउदैँ पालिकाले आफ्नो निर्णय उल्ट्याउदै वैकल्पिक माध्यमबाट नै पठनपाठन गराउने गरि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

भोलीसम्म पूर्वनिर्धारित आन्तरिक परिक्षा भएकोले माघ २ गतेबाट विद्यालय बन्द गर्ने पालिकाले जनाएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट पठनपाठन गराउन आग्रह गर्दै माघ १५ गते सम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको गरिसकेको छ ।

 

4215
Shares

ट्रेन्डिङ