सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सर्वदलीय बैठक आज, के-के विषयमा हुँदै छ छलफल ?

सर्वदलीय बैठक आज, के-के विषयमा हुँदै छ छलफल ?

2585
Shares
सर्वदलीय बैठक आज, के-के विषयमा हुँदै छ छलफल ?

 

काठमाडौं, ३० पुस : आज राष्ट्रिय सभा निर्वाचन, कोरोना महामारी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै छ । निर्वाचन आयोगले शुक्रबारका लागि दललाई सर्वदलीय बैठकमा आयोगमा बोलाएको हो ।

बैठकमा १२ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गर्ने विषयमा दलसँग छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

यसैगरी स्थानीय तहको निर्वाचनका लागि सरकारलाई मिति प्रस्ताव गरिसकेकाले दलको राय लिने तयारी सर्वदलीय बैठकमार्फत निर्वाचन आयोगले गरेको छ । आयोगले माघको पहिलो साताभित्र निर्वाचनको मिति नतोकिए वैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसकिनेसमेत बताउँदै आइरहेको छ ।

आयोगले दिएको जानकारी अनुसार संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १६ राजनीतिक दललाई बैठकमा उपस्थित हुन भनिएको छ । हाल रहेका स्थानीय तहका प्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ गतेसम्म मात्रै रहेको छ ।

यसअघि सरकाले निर्वाचन आयोगसमक्ष वैशाख १४ गते र वैशाख २२ मा गरि दुई चरमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो ।

 

2585
Shares

ट्रेन्डिङ