सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एमाले काभ्रेका नवनिर्वाचित पदाधिकारीको सपथ रोकियो

एमाले काभ्रेका नवनिर्वाचित पदाधिकारीको सपथ रोकियो

5050
Shares
एमाले काभ्रेका नवनिर्वाचित पदाधिकारीको सपथ रोकियो

 

नेकपा एमाले काभ्रेका नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम स्थागित भएको छ ।

एमाले काभ्रेको १०औं जिल्ला अधिबेशनबाट निर्वाचित भएकका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम माघ २ गतेलाई तोकिएको थियो ।

उक्त कार्यक्रम अर्को सुचना नआएसम्मको लागि स्थगित भएको हो ।

को रो नाको बढ्दो सं क्र मणका कारण अर्को सुचना नआएसम्मको लागि सपथ ग्रहण कार्यक्रम स्थगित गरिएको काभ्रे एमालेका अध्यक्ष अशोक ब्याञ्जु श्रेष्ठले जानकारी दिए ।

एमाले काभ्रेको १०औं जिल्ला अधिवेशन गत पौष २७ गते सम्पन्न भएको थियो । अधिवेशनले अध्यक्षमा धुलिखेल नगरपालिकाका मेयर समेत रहेका अशोक ब्याञ्जु श्रेष्ठलाई सर्वसम्मत चयन गरेको थियो भने उपसचिवमा रिता ढकाललाई पनि सर्वसम्मत चयन गरेको थियो।

यी सहित अन्य २६ पदका लागि पनि सर्वसम्मत नेतृत्व चयन भएको थियो भने बाँकी ७९ पदका लागि चुनाव भएको थियो ।

5050
Shares

ट्रेन्डिङ