सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१

प्रहरी विटमा आगलागी

4185
Shares
प्रहरी विटमा आगलागी

ट्याक्सी चलाउदै आएका दोलखा निवासी रामकुमार तामाङ्गको मृत्युको कारण दोलखावाट आइ व्यवसाय सञ्चालन गर्दै आइरहेका दोलखाबासीहरु एकजुट भई नयाँबस्ती प्रहरी विटलाई आगो लगाई पुरै नष्ट गरेका छन् ।
स्थानीय राजु सुनारका अनुसार त्यस आगलागीमा नयाबस्तीका स्थानीहरु नभई दोलखा जिल्लाबाट आइ व्यवसाय संचालन गर्दै आएका होटल व्यवसायी, यातायात व्यवसायसंग संलग्न रहेका हजारै मानिसहरु रहेको खुल्न आएको छ । नयाँ वस्ती प्रहरी विट नयाँबस्तीको स्थायी वासिन्दाहरुले नै निर्माण गरेको कारण उनीहरुको यसमा संलग्ना हुनै सक्दैन सुनारले बताए ।
15493436_1620031308293816_2641789161479167717_o
आगलागीमा प्रहरी विट जलेर पुरै नष्ट भएको छ । भने झडपमा प्रहरीतर्फ ६, ७ जना सामान्य घाइते भएका छन् । आगलागीमा प्रहरीको ४ वटा मोटरसाइकल जलेर पुरै नष्ट भएको छ भने २ वटा मोटरसाइकल सर्वसाधरणको रहेको छ । झडपमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Police station
शुक्रवार बेलुकी मादक पदार्थ (रक्सी) सेवन गरी झगडा गरेपछि रामकुमार तामाङ्ग गम्भिर घाइते भएका थिए । उनलाई उपचारार्थ टिचिङ्ग अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । यस विषयलाई प्रहरीले गम्भिर रुपमा नलिएको कारण तामाङ्गको मृत्यु भएको तामाङ्गका जिल्लावासीहरुको आरोप छ । सोही आरोपा आक्रोशमा परिणत भई नयाँवस्ती प्रहरी विट जलेर नष्ट भएको छ । Raju Sunar
 

4185
Shares

ट्रेन्डिङ