सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

3130
Shares
काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

 

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सर्बपक्षीय छलफलबाट निस्कने क्रममा मन्त्रालयभित्रै विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् ।

शुक्रबार मन्त्रालयमा विद्यार्थी, अभिभावक, काठमाडौं विश्वविद्यालयका प्रतिनिधि, केएमसी कलेजका प्रतिनिधि, चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच छलफल थियो । शर्मालाई कालोमोसो दलेको आरोपमा प्र ह रीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले अनरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो । काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा ६ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको भन्दै त्यहाँ अध्ययनरत विद्यार्थी आन्दोलनमा छन् ।

उनीहरुको आन्दोलनलाई विभिन्न दल निकट विद्यार्थी संगठनहरुले साथ दिएका छन् । विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता नरेन्द्र विकले शर्मामाथि कालोमोसो दलेको पुष्टि गरे ।

 

 

3130
Shares

ट्रेन्डिङ