सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पशुपति धर्मशालाबाट बतासलाई हटाउने तयारी, सम्झौता तोड्न सिफारिस

पशुपति धर्मशालाबाट बतासलाई हटाउने तयारी, सम्झौता तोड्न सिफारिस

3930
Shares
पशुपति धर्मशालाबाट बतासलाई हटाउने तयारी, सम्झौता तोड्न सिफारिस

 

काठमाडौं । पशुपति धर्मशालाबाट पनि बतास समूहलाई हटाउने तयारी गरिएको छ ।

सम्झौता उल्लंघन गरी सर्तहरु पालना नगरेकाले कानुन बमोजिम सम्झौता भंग गर्न समितिले सिफासिर गरेको छ । नेपाल भारत मैत्री पशुपति धर्मशाला भाडा सम्झौता सम्बन्धी छानबिन समितिका संयोजक नारायणप्रसाद सुवेदी नेतृत्वको समितिले दिएको प्रतिवेदनमा सम्झौता भंग गर्न सुझाव दिइएको छ ।

चार बुँदामा निष्कर्ष दिँदै समितिले भनेको छ, “नेपाल भारतमैत्री पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति बिना गरिएको देखियो ।

बोलपत्र आह्वान गर्दा प्रतिष्पर्धीलाई सीमित गर्न कुनै फर्मलाई मात्र प्रतिष्पर्धा गर्नेगरी बोलपत्रमा मापदण्ड निर्धारण भएको देखिँदा मिलेमतो भएको हुन सक्ने देखिएको ।

कोष र होटल आनन्द प्रालिबीच धर्मशाला भाडामा दिँदा र सम्झौताका शर्तहरु निर्धारण गर्दा कानुन बमोजिम पदीय दायित्व निर्वाह नगरी कोषलाई हानी नोक्सानी पु¥याउने कर्मचारीलाई अनधिकृत सम्झौता कानुन सम्ममत भनी छापा तथा विद्युतीय माध्यममा पैवाह गर्ने तत्कालीन पदाधिकारी समेतलाई कारवाही गर्नुपर्ने देखिएको ।”

त्यसैले तत्काल सम्झौता भंग गर्न सिफारिस गरिएको छ । प्रतिवेदन मन्त्री प्रेम आलेलाई बुझाउने तयारी भए पनि कोरोना संक्रमणका कारण सचिवलाई प्रतिवेदन बुझाइएको छ ।

“धर्मशाला निर्माण गर्दा र सम्झौता भए बमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृति बेगर धर्मशालाको भित्रि भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरु निर्माण गर्नेजस्ता कार्यहरु गरी सम्झौताको उल्लंघन गरी सर्तहरु पालना नगरेकाले कानुन बमोजिम सम्झौता भंग गर्नुपर्छ, ” सुझावमा भनिएको छ ।

 

3930
Shares

ट्रेन्डिङ