सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रे धुलिखेलका दलित तथा विपन्न परिवारलाई न्यायो कपडा वितरण

काभ्रे धुलिखेलका दलित तथा विपन्न परिवारलाई न्यायो कपडा वितरण

7550
Shares
काभ्रे धुलिखेलका दलित तथा विपन्न परिवारलाई न्यायो कपडा वितरण

 

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ का दलित तथा विपन्न परिवारलाई न्यायो कपडा वितरण गरिएको छ ।

वडा कार्यसमितिको आयोजनामा एक कार्यक्रमकाबिच एक सय जनालाई न्यानो कपडा वितरण गरिएको हो ।

नेपाली कांग्रेस धुलिखेल नगर सभापति एवं समाजसेवी विदुर बस्नेत र नेपाली कांग्रेस धुलिखेल वडा नम्बर ११ का उप–सभापति दिपेन्द्र धितालको सहयोगमा न्यानो कपडा बितरण गरिएको हो ।

न्यानो कपडा वितरण कार्यक्रमा दलित तथा विपन्न परिवारलाई न्यायो कपडा वितरण गर्दै नगर सभापति विदुर बस्नेतले काँग्रेस सरकारमा रहदा वा नरहदा पनि सधै जनताको आशा र भरोसामा रहने बताए ।

त्यस्तै कार्याक्रममा काभ्रे प्रतिनिधि सभा १ का सभापती दिनेश लामाले कोभिड माहामारीमा आफुलाई सुरक्षित राख्न आह्वान गरेका छन् । उनले न्यून आय भएका सबैलाई समेटेर न्यानो कपडा वितरण गरेकोमा आयोजकलाई धन्यवाद समेत दिएका थिए ।

विपन्न्ता हटाउने पार्टी नेपाली काँग्रेस मात्रै भएको बताउँदै उनले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन आग्रह समेत गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला उपसभापती रमेश हुमागाईँले नेपाली काँग्रेसले कोभिडको महामारीमा खाद्यान्न सहयोग गर्दै आएको जानकारी गराउँदै आयोकलाई शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै पूर्व केद्रीय सदस्य शिव प्रसाद हुमागाईंले ब्लाङ्केट बितरण गर्दै दलित, बिपन्न वर्गलाई न्यानो कपडा वितरण गर्दा आफूलाई खुसी लागेको बताए ।

श्रमिक तथा ट्रेड युनियन संयोजक समेत रहेका हुमागाईंले जहाँ गरिबी छ त्यहाँ नेपाली काँग्रेस पार्टी सदैव सहयोगका लागि तयार रहेको बताए । उनले काँग्रेसको श त्रु कम्युनिष्ट पार्टी नभई रोग,भोक श त्रु भएको बताएउँदै सेवा र भोकबाट काँग्रेस कहिले नथाक्ने बताए ।

कार्यक्रमका सभापती समेत रहेका धुलिखेल ११ का सभापती नारायण ओझाले आफ्नो कार्यकाललाई सफल र कांग्रेसलाई जित दिलाउन आफुले हदै सम्म दुख गर्ने प्रतिवदता ब्यक्त गरे र आगामी दिनमा सदैब पात्लेखेतको सुख दुखमा आफुले साथ दिने समेत उल्लेख गरेर ब्लाङ्केट बितरण गरि कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रममा कांग्रेस काभ्रेका निवर्तवान केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई, काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापती दिनेश लामा, पुर्ब जिल्ला सहसचिब इश्वरी ओझा, जिल्ला सह सचिब रबिन्द्र सिग्देल ,प्रदेश सभापती चन्द्र लामा, नगर सभापती बिदुर बहादुर बस्नेत विभिन्न्न वडाका वडासभापती तथा क्षेत्रिय सदस्य एवं भ्रातृसंगठनका प्रमुख, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमलसिना, सचिब कपिल कोइराला र पत्रकार सचित खडका लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन भने इकाई सचिब रोशन तिमल्सिनाले गरेका थिए ।

 

7550
Shares

ट्रेन्डिङ