सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेका नयाँ सिडियो र एसपी एकसाथ जिल्ला कारागारमा

काभ्रेका नयाँ सिडियो र एसपी एकसाथ जिल्ला कारागारमा

8945
Shares
काभ्रेका नयाँ सिडियो र एसपी एकसाथ जिल्ला कारागारमा

 

काभ्रे सरुवा भए आएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जिल्ला कारागारको निरीक्षण गर्नुभएको छ ।

सिडियो पाण्डे र एसपी जोशीले आज कारागार कार्यालयको निरीक्षयण गरेर आवश्यक निर्देशन दिनुभएको जिल्ला प्र हरी कार्यालयले आफ्नो अफिसियल फेसबुक मार्फत जानकारी दिएको छ ।

सिडियो पाण्डे र एसपी जोशीले कारागारमा रहेका थुनुवा कैदीबन्दीहरुसंग भेटघाट समेत गर्नुभएको छ ।

उहाँहरुले कारागार कार्यालयको आन्तरीक तथा बाह्य प्रशासनबाट हुने व्यबहार, बस्ने बासको अबस्था, परिवार तथा आफन्तहरुसँग हुने सम्पर्कका माध्यम, भेटघाट, नियमानुसार नेपाल सरकाबाट प्राप्त हुने दैनिक सिदा खाना लगायतका विभिन्न विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गर्नुभएको थियो ।

थुनुवा कैदी बन्दीले सिडियो पाण्डे र एसपी जोशीसँग विभिन्न गुसानो राखेका थिए ।

एसपी जोशीले अदालतको आदेशानुसार कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका कैदी बन्दीलाई मर्यादित, अनुशासित र इमान्दारिताका साथ आफुलाई प्रस्तुत गरी कारागारको आन्तरिक मुल्याङ्कनबाट कैदी तथा बन्दीहरुलाई प्राप्त हुने सुबिधाको लाभ उठाई आग्रह गर्नुभएको थियो ।

सिडियो पाण्डेले कारागार कार्यालयमा रहँदा बस्दाको अवस्थामा इमान्दार भई आफुलाई परेको समस्या एवं समस्या कोही कसैको डर नमानी निर्धक्कसँग कारागार कार्यालय प्रशासनमा जानकारी गराएमा उचित सम्बोधन समेत बताउनुभयो ।

सिडियो पाण्डे र एसपी जोशीले कारागार कार्यालय काभ्रेपलाञ्चोक हुने प्रशासनिक काम कारवाही र कैदी थुनुवा बन्दीहरुको अभिलेख व्यबस्थापन निरीक्षण र अनुगमन गर्नुभएको थियो ।

 

8945
Shares

ट्रेन्डिङ