सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धुलिखेल नगरपालिका र खुम्बु पासाङ्गल्हामु गाउँपालिकाबिच भगिनी सम्वन्ध स्थापित

धुलिखेल नगरपालिका र खुम्बु पासाङ्गल्हामु गाउँपालिकाबिच भगिनी सम्वन्ध स्थापित

5480
Shares
धुलिखेल नगरपालिका र खुम्बु पासाङ्गल्हामु गाउँपालिकाबिच भगिनी सम्वन्ध स्थापित

 

काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका र सोलुखुम्बुको खुम्बु पासाङ्गल्हामु गाउँपालिकाबिच भगिनी सम्वन्ध स्थापितका लागि सम्झौतापत्र आदन–प्रदान भएको छ ।

धुलिखेलका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ र खुम्बु पासाङ्गल्हामु गाउँपालिका अध्यक्ष टासील्हामु शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

विश्वको उच्च सिखरमा अवस्थित सगरमाथाको गाउँपालिका खुम्बुपासाङ्गल्हामु गाउँपालिकासंग भगिनी सम्बन्ध स्थापित गर्न पाउँदा आफू खुसी भएको धुलिखेल नगरप्रमुख ब्याञ्जु श्रेष्ठले बताएका छन् ।

यी दुई पालिकाबीच भगिनी सम्वन्ध स्थापितका लागि सम्झौतापत्र आदन–प्रदानपछि यसले दुई पालिका बीचको संस्कृति, सभ्यता र सम्पदाजन्य ज्ञान आदानप्रदान र नेपालको पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा धुलिखेल नगरपालिकाले गरेको छ ।

 

5480
Shares

ट्रेन्डिङ