सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेका दुई पालिकाकाे आफ्नै भवन बन्दै

काभ्रेका दुई पालिकाकाे आफ्नै भवन बन्दै

5880
Shares
काभ्रेका दुई पालिकाकाे आफ्नै भवन बन्दै

 

काभ्रे: काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् ।

रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् ।

रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ ।

कैसील बस्नेत–कामख्य–भगवती जेभीले निर्माण ठेक्का पाएको भवन निर्माणका लागि विसं २०७८ मङ्सिर २८ गते सम्झौता गरी आगामी २०८१ जेठ ३२ सम्पन्न गर्नुपर्नेछ । भवनको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले सोमबार शिलान्यास गरेका छन् ।

आफ्नै भवन नहुँदा गाउँपालिकाले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको थियो । अहिले पछिल्लो समयमा प्रशासनिक भवन निर्माणस्थलसँगै अस्थायी टहरा बनाएर सेवा प्रवाह गर्दै आएको छ ।

यसैगरी उता डाँडापारिस्थित महाभारत गाउँपालिकाले पनि आफ्नै पक्की प्रशासनिक भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । पालिका गठन भएपछि सामान्य टहरामा कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको महाभारत गाउँपालिकाले करिब दुई वर्षदेखि वडा नं ६ देवीटारमा अस्थायी भवन निर्माण गरी सेवा दिँदै आएको छ ।

पछिल्लो समयमा बजेट व्यवस्थापन भएपछि देवीटारमा साढे चार तलाको पक्की भवन निर्माण हुने भएको छ । पालिका अध्यक्ष कान्छालाल जिम्बाले प्रशासनिक भवनको शिलान्यास गरी निर्माण अगाडि बढाएकाे हाे ।

कूल ६ करोड १० लाख ४३ हजारमा निर्माण सम्झौता भएको भवन आगामी आव २०८०/८१ सम्ममा निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको अध्यक्ष जिम्बाले बताए । रासस

 

5880
Shares

ट्रेन्डिङ