सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एम्बुलेन्सको बेहाल : पालिका र वडा मौन, नागरिकलाई सास्ती (भिडियो)

एम्बुलेन्सको बेहाल : पालिका र वडा मौन, नागरिकलाई सास्ती (भिडियो)

4490
Shares
एम्बुलेन्सको बेहाल : पालिका र वडा मौन, नागरिकलाई सास्ती (भिडियो)

 

सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ लिसंखुमा रहेको दुई वटै एम्बुलेन्स प्रयोग बिहीन बनेको छ ।

लामो समयदेखि दुई वटै एम्बुलेन्स प्रयोग बिहीन हुँदा स्थानीयले निकै सास्ती खेपेका छन् ।

बिग्रिएर थिन्किएका दुई वटै एम्बुलेन्स मर्मत गरेर प्रयोगमा ल्याउन गाउँपालिका पालिका, वडा कार्यालय र स्वास्थ्य चौकीले समेत कुनै चासो नदिएको स्थानीयको भनाई छ ।

दुईवटै एम्बुलेन्स बिग्रिदा स्थानीय निकै सास्ती खेप्न बाध्य भएका छन् । कर्म थलो पाउण्डेसनले दिएको एम्बुलेन्स अधेरीँ स्थित अरनिको राजमार्गको किनारमा बेवारिसे अवस्थामा राखिएको छ ।

अर्को एम्बुलेन्स स्वास्थ्य चौकीकै आँगनमा थन्किएको छ ।

लिसंखुका स्थानीय बिरामी पर्दा अहिले ठूलो धादिङ र पेट्कुबाट एम्बुलेन्स बोलाउनु पर्ने अवस्था छ । एम्बुलेन्स मर्मत गर्न कसैले पनि चासो नदिएको स्थानीयले बताएका छन् ।

गाउँमा कतिपय कोभिडका बिरामीले समयमै यातायातको साधन नपाउँदा ज्यान समेत गुमाएको बताइएको छ ।

 

4490
Shares

ट्रेन्डिङ