सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेको चोकचोकमा मास्क बाँड्दै सिडियो र एसपी

काभ्रेको चोकचोकमा मास्क बाँड्दै सिडियो र एसपी

6290
Shares
काभ्रेको चोकचोकमा मास्क बाँड्दै सिडियो र एसपी

 

कोभिडका बिरामी दिनप्रतिदिन बढ्दै गएपछि काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी प्रमुख एसपी चक्रराज जोशीको टिम मास्क बाड्न चोकचोकमा निस्किएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्दा जिल्लामा संक्रमण दर बढेको निष्कर्ष सहित सिडियो पाण्डे नेतृत्वको टोलीले मास्क बाड्न थालेको हो ।

सिडियो पाण्डे नेतृत्वको टोलीले आज बनेपास्थित चारदाबोटो चोक हुँदै पनौती र धुलिखेलबाट काठमाडौं आउजाउ गर्ने यात्रुबसहरुका चालक, सहचालक र यात्रुहरुले मास्क बाँडेको हो ।

सवारी चालक, सहचालक र यात्रुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गर्दै सबैलाई अनिवार्य मास्क प्रयोग गर्न सुझाव दिइएको सिडियो पाण्डेले बताउनुभयो ।

सिडियो पाण्डे नेतृत्व टोलीमा सहयाक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख प्रमिला श्रेष्ठ र ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोईराला लगायत सहभागी हुनुभएको थियो ।

 

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जिल्लामा ६२३ जनामा संक्रमण पुष्टि भएको छ । सिडियोको टोलीले बनेपाहुँदै काठमाडौं जाने र काठमाडौंबाट बनेपा हुँदै बीपी र अरनिको राजमर्गा भएर चल्ने सार्वजनिक सवारी साधन र चोकमा ब्यापार, व्यवसाय गर्न बसेकालाई अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ ।

 

टोलीले मास्क नलगाई हिड्ने सर्वसाधारणलाई मास्क समेत वितरण गरिएको छ ।

6290
Shares

ट्रेन्डिङ