सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेकपा एमाले नयाँ सदस्यताका लागि इन्ट्रन्स परीक्षा सुरु

नेकपा एमाले नयाँ सदस्यताका लागि इन्ट्रन्स परीक्षा सुरु

6925
Shares
नेकपा एमाले नयाँ सदस्यताका लागि इन्ट्रन्स परीक्षा सुरु

संगिता धिताल । मंसिर २७ गते सोमबार

नेकपा एमालेको सदस्यताको लागि अब परीक्षा दिनुपर्ने भएको छ । चितवनले जिल्लास्तरमा पहिलोपटक पार्टी सदस्यता लिनका लागि परीक्षा सञ्चालन गरेको हो । चितवनको भरतपुरस्थित एमाले पार्टी कार्यालयमा एमालेका

केन्द्रीय सदस्य कृष्ण खनालले नयाँ पार्टी सदस्य लिनेहरुलाई परीक्षार्थी बनाई प्रश्नपत्र दिएर परीक्षा सुरु गरेका हुन् । परीक्षामा २०० जनाको संलग्नता रहेको थियो ।

नेकपा एमालेको नयाँ सदस्यताको लागि १५ वटा प्रश्नहरु सोधिएको प्रश्न ६० पूर्णाङ्कको परीक्षामा परीक्षाले पास गर्नको निमित्त २० अंङ्क प्राप्त गर्ने पर्ने हुन्छ । प्रश्नमा एमाले पार्टी, राजनीतिज्ञहरु र नेपालको विगत र वर्तमान राजनैतिक अवस्थाका वारेका प्रश्नहरु सोधिएको एक परीक्षार्थीले बताए ।

राजनीतिक पार्टीको सदस्यताका लागि नेपालमै पहिलो पटक यस्तो कार्यको सुरुवात गरेको खनाले जानकारी दिए । केन्द्रको परीक्षामा सामेल हुन नसकेकाहरु क्षेत्र र इकामै परीक्षा दिने व्यवस्था मिलाइने खनाले थपे ।

चितवनको भरतपुरमा २०० जनाको परीक्षाबाट सुरु भएको सुरुभइसेको छ । जुन तीन चरणमा भएको परीक्षामा सामेल हुन चितवनमा एक हजार ४०० जनाको निवेदन परेका चितवनकी एमाले सचिव दिलकुमारी रावलले बताइन् ।

6925
Shares

ट्रेन्डिङ