सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धुलिखेल ११ मा वडा टोल कार्य समिती गठन, सभापतिमा राम धिताल

धुलिखेल ११ मा वडा टोल कार्य समिती गठन, सभापतिमा राम धिताल

5150
Shares
धुलिखेल ११ मा वडा टोल कार्य समिती गठन, सभापतिमा राम धिताल

 

नेपाली काँग्रेस धुलिखेल ११ मा वडा टोल कार्य समिती गठन भएको छ ।

ईकाई कार्य समिति धुलिखेल नगरपालिका वडा नम्बर ११ पात्लेखेतको आयोजनामा आज समिती गठन गरिएको हो । धुलिखेल ११ पात्लेखेत स्थित साबिक वडा नं ३ अन्तर्गत रहने गरि वडा कार्य समिती गठन भएको हो ।

वडा कार्य समितिले एक कार्यक्रमकाबिच राम धितालको सभापतित्वमा १३ सदस्य वडा टोल कार्य समिती गठन गरेको छ ।

समितीमा सचिव रन्जिता धिताल ,कोषाध्यक्षमा गोपाल भुजेल सहित १३ सदस्य टोल कार्य समिती गठन गरिएको छ ।

धुलिखेल ११ का ईकाई उपसभापती दिपेन्द्र धितालको अध्यक्षता तथा सचिव रोशन तिमल्सिना लगाएतका कार्य समितीको उपस्थितिमा टोल कार्य समिती गठन गरिएको हो ।

टोल कार्य समिती गठन गर्न नेपाली काँग्रेसका क्रियाशिल सदस्य कृष्ण धिताल , नगर सदस्य विकाश भुजेल, नगर सदस्य नारायण धिताल, विद्यार्थी नेता तथा चैतन्य बहुमुखी क्याम्पसका स्वबियु सभापती माधव प्रसाद शर्मा र प्रदेश सदस्य सुरज तिमल्सिनाले सहजिकरण गरेका थिए ।

यस टोल कार्य समितिले मुलतः वडामा भएका विकाश निर्माणको निरिक्षण गर्ने ,तथा वडा कार्य समितिको कार्यलाई सहजिकरण समेत गर्नेछ ।

5150
Shares

ट्रेन्डिङ