सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे पनौतीका सुर्दशन हुमागाईंको निधन, को हुन् हुमागाईं ?

काभ्रे पनौतीका सुर्दशन हुमागाईंको निधन, को हुन् हुमागाईं ?

10320
Shares
काभ्रे पनौतीका सुर्दशन हुमागाईंको निधन, को हुन् हुमागाईं  ?

 

काभ्रे : पनौती नगरपालिका वडा नम्बर १२ का सुर्दशन हुमागाईंको नि ध न भएको छ ।

देश र विदेशको राजनीति बारे गहिरो अध्ययन गर्ने, तार्किक र वस्तुगत वाक शक्ति भएका हुमागाईं को ५२ वर्षको उमेर नि ध न भएको हो ।

हुमागाईं तीन पटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार समेत भइसक्नु भएको थियो । २०५६, २०७० र २०७४ सालको निर्वाचनमा हुमागाई स्वतन्त्र उम्मेदवार हुनुहुन्थ्यो ।

हुमागाईं  पछिल्लो समय पनौती नगरपालिका वडा नम्बर ४ मा कोठा भाडामा लिएर बस्दै आउनुभएको थियो ।

काभ्रेको अघिल्लो पुस्ता माज निकै परिचित हुमागाईं ०६२-०६३ को जनआ न्दो ल न हुनु पूर्व अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको नेपाल भ्रमणका समयमा कार्टरसँग हात मिलाएर अन्तराष्ट्रिय विषयहरूमा समेत प्रत्यक्ष कुराकानी गरेर चर्चामा आउनुभएको थियो ।

हुमागाईंको नि ध न प्रति सामाजिक सञ्जाल मार्फत धेरैले श्र द्धाञ्ज ली दिएका छन् ।

10320
Shares

ट्रेन्डिङ