सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • आहा रारा गोल्डकप फुटबलमा एपीएफ क्लबको विजयी सुरुवात

आहा रारा गोल्डकप फुटबलमा एपीएफ क्लबको विजयी सुरुवात

3300
Shares
आहा रारा गोल्डकप  फुटबलमा एपीएफ क्लबको विजयी सुरुवात

 

काठमाडौं । नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

पोखरास्थित पोखरा रंगशालामा भएको उदघाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम आठमा प्रवेश गरेको हो ।

एपीएफका लागि आभाष लामिछाने र प्रदिप लामाले एक–एक गोल गरे ।

आभाषले पहिलो हाफमा एपीएफलाई अग्रता दिलाएका थिए ।

आभाषले खेलको १४ औं मिनेटमा गोल गर्दै विभागीय टोलीलाई अग्रता दिलाएका थिए ।

प्रदिपले भने ६० औ मिनेटमा एपीएफको अग्रता दोब्बर बनाए ।

एपीएफले अब माघ ८ गते अमेरिकाको बीवाईएससी मिनेसोटाविरुद्ध खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

3300
Shares

ट्रेन्डिङ