सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा प्रधानमन्त्री देउवाको पुत्ला दहन

काभ्रेमा प्रधानमन्त्री देउवाको पुत्ला दहन

8540
Shares
काभ्रेमा प्रधानमन्त्री देउवाको पुत्ला दहन

 

काभ्रे : सरकारको पछिल्लो गतिविधिको बारेमा असन्तुष्टि जनाउँदै विभिन्न संगठनले काभ्रेमा प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला जनाएका छन् ।

अनेरास्ववियु केन्द्रीय कमिटी,अनेरास्ववियु धुलिखेल नगर कमिटी,अनेरास्ववियु के.यु ,राष्ट्रिय युवा संग धुलिखेल नगर कमिटीले आज सरकारले गरेको मूल्यवृद्धिको विरुद्धमा आज विरोध प्रदर्शन गरेका हुन् ।

 

उनीहरुले शैक्षिक विषय जस्तो संवेदनशिल विषयमा कोभिडको कुनै असर नरहने तर राजनीतिक फाइदाका लागि भने विभिन्न मापदण्ड तयार गरेकोमा पनि असन्तुष्टि जनाएका छन् ।

सरकार कोरोना नियन्त्रणमा गैरजिम्मेवार बनेको उनीहरुले आ रो प लगाएका छन् । उनीहरुले मूल्यवृद्धि फिर्ता गर, खोप कहाँ गयो सरकार लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सोहीक्रममा उनीहरुले प्रधानमन्त्री एवं नेपालि काँग्रेसका सभापति शेर बहादुर देउवाकोे पुत्ला दहन गरेका छन् ।

सरकार आफ्नो निर्णयमा अडिग रहन खोजे अनेरास्ववियु र युवा संघ आफ्नो विगतको राप ताप र वर्तमानको ऊर्जा सहित मैदानमा उत्रन बाध्य हुने चेतावनी समेत उनीहरुले दिएका छन् ।

 

 

8540
Shares

ट्रेन्डिङ