सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • काभ्रेमा कोरोना संक्रमण बढ्दो, तयारी फितलो

काभ्रेमा कोरोना संक्रमण बढ्दो, तयारी फितलो

4885
Shares
काभ्रेमा कोरोना संक्रमण बढ्दो, तयारी फितलो

 

काभ्रेमा को रो ना भाइरसको ओमिक्रोन भेरियन्ट तीब्रगतिमा गाउँ गाउँसम्म पुगेको छ ।

तर कोरोना भाइरस रोकथामका लागि सरकारी प्रयास र तयारी भने निकै फितलो देखिएको छ ।

जिल्लाका प्राय जसो स्थानीय तहमा यसअघि निर्माण गरिएका आइसोलेसन सेन्टरहरु अझै सञ्चालनमा ल्याइएको छैन् । कोभिडका गम्भीर बिरामीहरुलाई जिल्लाको दुई ठूला अस्पतालहरुले सहज रुपमा भर्ना लिन मानिरहेका छैनन् ।

धुलिखेल अस्पतालले यसअघिका दुईवटा भेरियन्टमा सबैभन्दा बढी कोभिड बिरामीको उपचार गरेको थियो ।

तर अहिले धुलिखेल अस्पतालले स्वयम पनि तयारी पहिलेको जस्तो गरेको छैनन् । सबैभन्दा बढी कोभिडका विरामी धुलिखेल नगरपालिका र बनेपा नगरपालिकामा छन् ।

यी दुई नगरपालिकाले पछि पहिलो र दोस्रो भेरियन्टमा जस्तो कोभिड नियन्त्रणका लागि तयारी गरेका छैनन् । घरघरमा बिरामी छन् । परीक्षणको दायरा बढाइएको छैन् । स्वास्थ्यको कर्मीको प्रत्यक्ष निगरानीमा हुनु पर्ने बिरामीसमेत घरैमा छन् । यसले गर्दा पनि कोभिड फैलन थप मद्दत पुगेको देखिएको छ ।

समन्वयको अभाव निकै खड्किएको देखिन्छ । एन्टिजेन परीक्षण पालिका पालिकामा भइरहेपनि त्यसको गुणस्तरीयता लागेको प्रश्न चिन्ह अझै हटेको छैन् । अर्थात् एन्टिजेनबाट गरिएको परीक्षण भरपर्दो रहेको चिकित्सकहरु बताउँछन् ।

ओमिक्रोन भेरियन्ट फैलिए यता एक जनाको नि धन भइसकेको छ । यसअघिका भेरियन्टहरुमा जस्तो नागरिकहरुले पनि आफ्नो स्वास्थ्यप्रति ध्यान दिएको पाइदैँन । नागरिकहरुले निकै सामान्य ढंगले लिएको पाइएको छ । यो पनि कोरोना भाइरस फैलनुको अर्को मुख्य कारण हो ।

काभ्रेमा कोभिड संक्रमण दरलाई हेर्दा नियन्त्रण बाहिर गइसकेको छ । आज साझँ स्वास्थ्य कार्यालय काभ्रे सार्वजनिक गरेको विवरण अनुसार १ हजार ४३ जना कोभिड संक्रमित पुगेका छन् । जसमा११ जना अस्पतालमा भर्ना भएका छन् । बाँकी सबै घरमै छन् ।

तयारी गर्ने स्थानीय तहहरु आफै एकपछि अर्को बन्द भइरहेका छन् । रोशी, चौरीदेउराली, भुम्लु गाउँपालिका, नमोबुद्ध नगरपालिका लगायतले सेवा स्थगन गरेका छन् । यी पालिकाका जनप्रतिनिधि र कर्मचारी बढी संक्रमित भएका छन् ।

तयारीमा जुट्नु पर्ने निकाय नै कोभिडका कारण बन्द हुने अवस्थामा पुगेका कारण आफु र आफ्नो घर परिवार सचेत नहुने हो भने अवस्था भयबह बन्न सक्ने चिकित्सिकहरु बताउँछन् ।

धेरै जसो स्थानीयले यसअघि सञ्चालनमा ल्याएका आइसोलेसन सेन्टरमा सामान समेत अहिले नरहेको बताइन्छ ।

 

4885
Shares

ट्रेन्डिङ