सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पर्सिसम्म नै मौसम धुम्मिने, आज पनि वर्षा र हिमपातकाे सम्भावना

पर्सिसम्म नै मौसम धुम्मिने, आज पनि वर्षा र हिमपातकाे सम्भावना

2910
Shares
पर्सिसम्म नै मौसम धुम्मिने, आज पनि वर्षा र हिमपातकाे सम्भावना

 

काठमाडौं, ७ माघ : आज पनि पहाडी क्षेत्रका धेरै ठाउँमा सिमसिम पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसविद् शान्ति कँडेलकाअनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने छ ।

आज पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । दिउँसाे केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।अहिले प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ ।

यस्तै, राति पनि देशका एक/दुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् ।

हल्का वर्षा र बादलका कारण देशभरको अधिकतम तापक्रम घटेको छ । अधिकतम तापक्रम अझै घट्ने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मौसम बद्ली भइरहेकाले न्यूनतम तापक्रम भने घटेको छैन । तर अधिकतम तापक्रम घट्दा पनि चिसो बढ्छ ।

काठमाण्डौको हिजोको अधिकतम तापक्रम १३ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।

यस्तै, डडेलधुराकाे ६ दशमलव ५, जुम्लाको ९ दशमलव ५, ओलखढुङ्गाको १३ डिग्री सेल्सियस, नेपालगञ्जकाे १४ डिग्री सेल्सियस, सिमराको १५ डिग्री सेल्सियस र वीरेन्द्रनगरको १५ दशमलव ७ डिग्री सेल्सियसमा अधिकतम तापक्रम घटेको छ ।

2910
Shares

ट्रेन्डिङ