सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक बाहेकका सेवाहरु बन्द

जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक बाहेकका सेवाहरु बन्द

4955
Shares
जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक बाहेकका सेवाहरु बन्द

 

जिल्ला प्रशासन कार्यालय काभ्रेले आगामी आइतबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

को रो ना भाइरस सं क्र म ण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि सं क्र मि त भई उपचारार्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु यहि माघ १४ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा हस्ताक्षरित सूचनामा सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्क हुने कामहरु नागरिकता तथा सोको प्रतिलिपि, संघसंस्था एवं नाबालकका साथै राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा हाललाई स्थगित गरिएको उल्लेख छ ।

शान्तिसुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित नै रहने उनीद्वारा जारी सूचनामा भनिएको छ ।

4955
Shares

ट्रेन्डिङ