सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • करिब १५ करोड लगानीका ग्यास उद्योग

करिब १५ करोड लगानीका ग्यास उद्योग

4005
Shares
करिब १५ करोड लगानीका ग्यास उद्योग

प्रोग्रेस बलामी । मंसिर २७
झापाको विर्तामोड २, चारपानेमा खाना पकाउने ग्यास पाथिभरा ग्यास उद्योग प्रा.लि. गत शनिबारबाट सञ्चालनमा आएको छ । ग्यास उद्योगका प्रबन्ध निर्देशक लय भण्डारी हुन् भने सञ्चालक समितिका अध्यक्ष एकराज उप्रेती हुन् ।
करिब १५ करोड लगानीमा सुरु गरिएको पाथिभरा ग्यास उद्योग २ विघा क्षेत्रफलमा फैलिएको छ । ‘पूर्वाञ्चलभरिका जिल्लाहरुलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक लय भण्डारीले बताए । उद्योगले अहिले १ सय मेट्रिक टन ग्यास स्टक राख्न सकिने र एक वर्ष्भित्रमा क्षमता विस्तार गर्ने योजना प्रबन्ध निर्देशकले जानकारी दिए ।
नेपालको पूर्वी भेगमा यो चौथो ग्यास उद्योग हो । यसअघि मेची, त्रिशक्तिरपराजुली र कनकाई ग्यास सञ्चालित भइ सकेका छन् । मेची ग्यास उद्योग, दुवागढीमा रहेको छ भने त्रिशक्तिरपराजुली ग्यास, भद्रपुर र कनकाई ग्यास उद्योग, गौरादहबाट सञ्चालन भइरहेको छ ।
झापा जिल्लमा अहिले मोरङको कोशी र रिजाल ग्यास, सुनसरीको प्रिमा र सुविधा ग्यास अत्याधिक खपत हुने गरेको पाइन्छ ।
नेपाल आयल निगमले झापामा प्रतिमहिना १० देखि ३५ बुलेटसम्म ग्यास पठाइरहेको छ । उद्योग अनुसार कोटा कायम गरेर निगमले बुलेट पठाउने गरेको छ ।
‘अहिले आइरहेको ग्यासको अनुपात त पर्याप्त नै हो’, कनकाई ग्यासका निर्देशक नगेन्द्र भण्डारी बताउछन ‘तर, महिनैपिच्छे कोटा फेरिँदा समस्या हुन्छ ।’
एक बुलेट बराबर १२ सय सिलिण्डर हुन्छ । झापाका ३ वटा ग्यास उद्योगमा तयार गरिएको सिलिण्डर अहिले झापासहित मोरङ, सुनसरी र पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर, खोटाङ लगायतका जिल्लाहरुको मागलाई परिपूर्ति गरिरहेको छ ।

4005
Shares

ट्रेन्डिङ