सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा आज कोरोना संक्रमित हुने भन्दा सं क्र म णमुक्त हुनेको संख्या धेरै

काभ्रेमा आज कोरोना संक्रमित हुने भन्दा सं क्र म णमुक्त हुनेको संख्या धेरै

2940
Shares
काभ्रेमा आज कोरोना संक्रमित हुने भन्दा सं क्र म णमुक्त हुनेको संख्या धेरै

 

काभ्रे : जिल्लामा आज कोरोना संक्रमित हुने भन्दा सं क्र म णमुक्त हुनेको संख्या धेरै रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनामा सं क्र मण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा १९ जना सं क्र मित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ५३ वटा एन्टिजेन परीक्षणमा १७ जनामा सं क्र मण देखिएको हो । आज परिक्षण दर घट्दा सं क्र मि त हुनेको संख्या पनि घटेको हो ।

अहिलेसम्म जिल्लाका १६ हजार १ सय ५३ जनामा संक्रमण भइसकेको छ । संक्रमितमध्ये १४ हजार ७ सय ६० जना उपचारपछि निको भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

जिल्लामा अहिले ५ सय ४१ जना महिला र ६ सय ५८ जना पुरुष गरी ११ सय ९९ जना सक्रिय सं क्र मि त रहेका छन् । सबैभन्दा धेरै सक्रिय सं क्र मि त धुलिखेल नगरपालिकामा ३८५ र बनेपा नगरपालिकामा ३८२ जना रहेका छन् ।

त्यस्तै पनौतीमा १६९,नमोबुद्धमा ७७,पाँचखालमा ५४ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी चौँरीदेउरालीमा ३७,मण्डनदेउपुरमा ३२,भुम्लुमा २१,रोशीमा १७,बेथानचोक र महाभारतमा १०÷१० र तेमालमा ५ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा अहिलेसम्म १ सय ९४ जनाको को रो ना सं क्र मणका कारण मृ त्यु भइसकेको छ ।

 

 

2940
Shares

ट्रेन्डिङ