सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१

आज देशभरका अदालत बन्द

2430
Shares
आज देशभरका अदालत बन्द

 

काठमाडौं, ९ माघ : आज देशभरका अदालत बन्द हुने भएका छन्।​

पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको नि ध नको शो कमा आज देशभरका अदालत बन्द गर्न लागिएको हो।

सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी शर्माको नि ध नमा आज देशभरका अदालतमा शो क बिदा दिने निर्णय गरेको थियो।

सोहीअनुसार सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणहरु आज बन्द हुनेछन्। उहाँको शनिबार अन्त्येष्टि गरिएको थियो।

पूर्व प्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा यही माघ ५ गते नि ध न भएको थियो। २०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका शर्माले ०५४ चैतदेखि ०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश भएर काम गरेका थिए।

2430
Shares

ट्रेन्डिङ