सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रचण्डपत्नी सीताकाे आईसीयूमा उपचार हुँदै

प्रचण्डपत्नी सीताकाे आईसीयूमा उपचार हुँदै

4385
Shares
प्रचण्डपत्नी सीताकाे आईसीयूमा उपचार हुँदै

 

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी तथा माओवादी केन्द्र केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सीता दाहालकाे आईसीयूमा उपचार भइरहेकाे छ ।

काे राे ना सं क्र मण पुष्टि भएपछि उनकाे तीन दिनयता मेडिसीटी अस्पतालकाे आईसीयूमा उपचार भइरहेकाे प्रचण्डकाे निजी सचिवालयले जनाएकाे छ ।

अहिले उनकाे स्वास्थ्यमा क्रमश: सुधार भइरहेकाे प्रचण्डकाे सचिवालयका सदस्य रमेश मल्लले बताएका छन् ।

‘उहाँकाे स्वास्थ्यमा सुधार भइरहेकाे छ,’ मल्ले भने, ‘स्वास्थ्यमा प्रतिकूलता देखिएपछि उहाँकाे सघन कक्षमा उपचार भइरहेकाे छ ।’

सचिवालयकाअनुसार सीतामा काे राे ना संक्रमण भने पुष्टि भइसकेकाे छैन ।

सीता पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ‘पीएसपी] बाट लामो समयदेखि पीडित छिन् ।

4385
Shares

ट्रेन्डिङ