सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेका दिपेन्द्र अवैध मोबाइल सहित पक्राउ

काभ्रेका दिपेन्द्र अवैध मोबाइल सहित पक्राउ

9595
Shares
काभ्रेका दिपेन्द्र अवैध मोबाइल सहित पक्राउ

 

सिन्धुली प्र ह रीले काभ्रेका दिपेन्द्र लामालाई ९३ थान अवैध मोबाइल सहित नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ प्रहरी चेकपोष्ट अगाडी मध्यपहाडी लोक मार्गमा ओखलढुङगाबाट काठमाण्डौ तर्फ आउंदै गरेको बा ३ ख ५२६० नम्बरको बस सहित काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका १ का ४६ वर्षिय दिपेन्द्र लामालाई बिल बिजक नभएको बिभिन्न कम्पनीका ९३ थान मोबाइल सहित नियन्त्रणमा लिएको हो ।

उनी सोही गाडीका चालक हुन् । प्र ह रीले गाडीका सहचालकलाई पनि नियन्त्रणमा लिएको छ । प्र ह री टोलीले बस चेक जांच गर्ने क्रममा उक्त बसको पछाडी डिकीमा २ वटा सेतो बोराभित्र लुकाई छिपाई राखिएको अबस्थामा १२ लाख ९ हजार मूल्य बराबरको मुल्य सहित प क्रा उ गरेको हो ।

प्र ह रीले सोही बसका सहचालक ओखलढुंङगाको खिजीदेम्बा गाउँपालिका ६ का १८ वर्षिय को पासाङ शेर्पालाई पनि नियन्त्रणमा लिएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको इलाका प्र ह री कार्यालय खुर्काेटले जानकारी दिएको छ ।

9595
Shares

ट्रेन्डिङ