सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा आज फेरी को रो ना सं क्र मि त बढे

काभ्रेमा आज फेरी को रो ना सं क्र मि त बढे

3505
Shares
काभ्रेमा आज फेरी को रो ना सं क्र मि त बढे

 

काभ्रे जिल्लामा आज फेरी को रो ना सं क्र मि त बढेका छन् ।

हिजोको तुलनामा आज को रो ना संक्रमित बढेका हुन् । पछिल्लो २४ घण्टामा १३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

हिजो १७ जनामा संक्रमण पुष्टि भएको थियो । कार्यालयका अनुसार आज ३४ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा ४०७ जनाको विभिन्न विधिबाट नमुना गर्दा परीक्षणमा १३८ जनामा संक्रमण देखिएको हो ।

अहिलेसम्म जिल्लाका १६ हजार २ सय ९१ जनामा सं क्र मण भइसकेको छ । संक्रमितमध्ये १४ हजार ७ सय ९४ जना उपचारपछि निको भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

जिल्लामा अहिले १३ सय ३ जना सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा धेरै सक्रिय संक्रमित बनेपामा ४१८ र धुलिखेलमा नगरपालिकामा ४०७ जना रहेका छन् ।

त्यस्तै पनौतीमा १९४,नमोबुद्धमा ७५,पाँचखालमा ६१ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी चौँरीदेउरालीमा ३७,मण्डनदेउपुरमा ३४,भुम्लुमा ३२,रोशीमा १९,बेथानचोकमा ९, महाभारतमा ११ र तेमालमा ६ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लामा अहिलेसम्म १ सय ९४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । यस्तै जिल्लामा अहिलेसम्म २ लाख १५ हजार ८ सय ६ जनाले पहिलो तथा २ लाख ३ हजार ८ सय ९९ जनाले पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य प्रशासक डा. सेढाईँले जानकारी दिए ।

त्यसैगरि ६ हजार ७ सय २७ जनाले भेरोसेलको बुस्टर डोज लगाएका छन् भने ४ हजार ९ सय २२ जनाले कोभिसिल्डको बुस्टर डोज लगाएका स्वास्थ्य प्रशासक डा. सेढाईँले जानकारी दिएका छन् ।

 

 

3505
Shares

ट्रेन्डिङ