सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • प्रतिवन्धित औषधी सहित काभ्रेका एक जना प क्रा उ

प्रतिवन्धित औषधी सहित काभ्रेका एक जना प क्रा उ

15050
Shares
प्रतिवन्धित औषधी सहित काभ्रेका एक  जना प क्रा उ

 

काभ्रे प्रहरीले विभिन्न नियन्त्रीत औषधी सहित एक जनालाई प क्रा उ गरेको छ ।

जिल्लाको पनौती नगरपालिका वडा नं. २ मा संचालित उद्धब फार्मेसीका ४३ वर्षिय उद्धब सापकोटालाई प क्रा उ परेका हुन् ।

पनौति नगरपालिका वडा नं. १ पर्खालचौर घर भएका उनी अहिले वडा नं २ मा फार्मेसी संचालन गर्दै आएका छन् । ।

औषधी पसलहरुमा डाक्टरको आधिकारीक सिफारिस बिना खुलेआम आम मानिसको स्वास्थ्यमा समेत प्रतिकुल असर हुने खालको नियन्त्रित औषधी कारोवार गरीरहेको सूचनाको आधारमा जिल्ला प्र ह री कार्यालयबाट खटिएको प्र ह री टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

उद्धब फार्मेसी पसलमा प्र ह रीको केही दिनको निगरानी पछि औ ष धी पसलबाट उनीलाई नियन्त्रणमा लिएको हो ।

लागु औषध सेवन कर्ताहरुले न सा लु पदार्थको रुपमा सेवन गर्दै आएको डाक्टरको सिफारिस र बिल भरपाई कागज बेगर बिक्री बितरण गरी रहेको अवस्थामा उनलाई प क्रा उ गरिएको हो ।

उनको पसलबाट Pregabalin Capsules IP GBIX-75 लेखिएको ९०३ ट्याब्लेट,ANTIKOF Tablet लेखिएको ३०८९ ट्याब्लेट, Dicyclomine Tablets BP SPASMO ANTISPASMODIC लेखिएको ११९० ट्याब्लेट ब रा म द गरिएको छ ।

त्यस्तै Dicyclomine hydrochloride tablets IP DECOLIC लेखिएको १२११ ट्याब्लेट, Pregabalin capsules IP GABAWELL-150 लेखिएको २०० ट्याब्लेट, Promethazine hydrochloride tablets BP VOMINE-25 लेखिएको २४० ट्याब्लेट,Pregabalin & methylcobalamin Capsules IP SAGALIN-M 1500 लेखिएको १०० ट्याब्लेट र KOFTAB लेखिएको २०५ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि आज औषधी व्यवस्था विभाग बिजुली बजार काठमाण्डौ पठाईएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

 

15050
Shares

ट्रेन्डिङ