सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेको बनेपा असुरक्षित बन्दै, दिन डाहादैँ चोरी डकैती

काभ्रेको बनेपा असुरक्षित बन्दै, दिन डाहादैँ चोरी डकैती

18325
Shares
काभ्रेको बनेपा असुरक्षित बन्दै, दिन डाहादैँ चोरी डकैती

 

काभ्रेको बनेपामा असुरक्षा बढ्दै गएको छ । राजधानी पूर्वको मुख्य ब्यापारिक केन्द्र बनेपामा असुरक्षा बढ्न थालेको हो ।

दिन डाहादैँ चो री ड कै तीको घ ट ना बढ्न थालेको हो । नगरपालिकामा असु रक्षा बढेसँगै प्र ह रीले सीसी क्यामेरा समेत राखेको छ । तर सीसी क्यामेरासँगै छल्दै चो री ड कै ती भैरहेको छ ।

सोमबार मात्रै सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ लिसंखुमा लैजान लागेको सामान गाडीबाटै चो री भएको छ । चारदोबाटो नजिकैबाट गाडीमा रहेको सामान दिउँसै चो री भएको हो ।

४० हजार बराबरको सामान गाडीबाटै चो री भएको सामानका धनी जीत बहादुर ङ्याङ्जोले जानकारी दिनुभयो ।

मोटरसाइकलमा आएका ब्यक्तिले गाडीको पछिल्लो भागमा रहेको ४० हजार बराबरको चु रो ट चो री गरेको सीसी क्यामेरा फुटेजमा देखिएको छ ।

इलाका प्र ह री कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले मोटरसाइलको नम्बर सीसी क्यामेरा फुटेजमा प्रष्ट नहुँदा पहिचान गर्न समस्या भइरहेको बताउनुभयो ।

‘मोटरसाइकल मार्फत सामान चो री भएको सीसी क्यामेरा फुटेजमा देखिन्छ । तर मोटरसाइकल नम्बर पत्ता लगाउन समस्या भइरहेको छ । हामी खोजी गरिररहेका छौँ । इप्रका बनेपाका प्रमुख कोइरालाले भन्नुभयो ।’

गाडीमा पसलका अन्य थुप्रै सामान थियो । तर चु रो ट मात्रै चो री भएको हो । दुई साता अघि धुलिखेलको एक किराना पसलबाट पनि ३ लाख भन्दा बढीको चु रो ट मात्रै चो री भएको थियो ।

 

 

18325
Shares

ट्रेन्डिङ