सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रे जिल्लामा जनसंख्या ०.३९ प्रतिशतले घट्यो, पुरुषभन्दा महिलाको संख्या धेरे

काभ्रे जिल्लामा जनसंख्या ०.३९ प्रतिशतले घट्यो, पुरुषभन्दा महिलाको संख्या धेरे

8470
Shares
काभ्रे जिल्लामा जनसंख्या ०.३९ प्रतिशतले घट्यो, पुरुषभन्दा महिलाको संख्या धेरे

 

तथ्याङ्क विभागले आज जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । प्रारम्भिक नतिजा अनुसार काभ्रे जिल्लाका जनसंख्या ०.३९ प्रतिशतले घटेको छ ।

काभ्रेका कुल जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९ रहेको छ । जसमा १ लाख ८० हजार ९ सय ६७ पुरुष र १ लाख ८५ हजार ९ सय १२ महिला रहेका छन् । लैङ्गिक अनुपातका आधारमा ९७.३४ प्रतिशत रहेको छ ।

२०६८ सालमा जिल्लाको जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ थियो । २०५८ सालमा जिल्लाको जनसंख्या ३ लख ८५ हजार ६ सय ७२ थियो । त्यतिबेला ०।१ प्रतिशतले घटेको थियो । जनगणना २०७८ मा जिल्लामा ८३ हजार ९ सय ३२ घर संख्या कायम भएका छन् । जबकी भुकम्पको राहत लिनेहरुको संख्या ९० हजार भन्दा धेरै घर धुरी रहेको छ ।

परिवारसंख्या भने ९३ हजार १ सय ८९ रहेको तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । परिवारको औसत आकार ३.९४ रहेको छ । जनघनत्व २६३ रहेको छ । जनगणना २०७८ मा १९ हजार ५ सय ७६ जनसख्ंया अनुपस्थित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जसमा १४ हजार ४ सय ६६ पुरुष र ५ हजार १ सय १० महिला रहेका छन् । प्रतिशतका आधारमा ०.९० रहेको छ ।

तथ्याङ्क विभागले सार्वजनिक गरेको जिल्लाका १३ वटा स्थानीय तहहरुको तथ्याङ्क अनुसार सबै भन्दा धेरै बनेपा नगरपालिकाको जनसंंख्या ६७ हजार ६ सय २९ रहेको छ । जसमा पुरुष ३३ हजार १ सय ८० पुरुष र ३४ हजार ४ सय ४९ महिला रहेका छन् । १२ हजार ५ सय ४५ घरसंख्यामा १६ हजार ९ सय ७३ परिवार संख्या रहेको छ । २०६८ सालमा बनेपा नगरपालिकामा ५५ हजार ६ सय २८ जनसंख्या रहेको थियो । १२ हजार १ जना नगरपालिकाको संख्या थप भएको छ ।

त्यस्तै पनौतीको जनसंख्या ५२ हजार ७८ पुगेको छ । पनौती दोश्रो भएको छ । जसमा २५ हजार ४ सय ५७ पुरुष र २६ हजार ६ सय २१ महिला रहेका छन् । ११ हजार ५ सय ५५ घर संख्यामा १२ हजार ९ सय ८६ परिवार रहेका छन् । २०६८ सालमा ४६ हजार ५ सय ९५ जनसंख्या रहेको थियो । पनौतीमा ५ हजार ४ सय ८३ थप भएको छ ।

धुलिखेल नगरपालिका तेश्रो भएको छ । धुलिखेलमा ३६ हजार १ सय ८३ जनसंख्या रहेको छ । जसमा १८ हजार ५ सय पुरुष र १७ हजार ६ सय ८२ महिला रहेका छन् । ७३ सय ९ घर संख्यामा ८ हजार ८ सय ८ घर परिवार रहेका छन् । २०६८ सालमा ३२ हजार १ सय ६२ जनसंख्या रहेको थियो । ४ हजार २१ जना धुलिखेलमा थप भएका छन् ।

पाँचखाल नगरपालिकामा ३५ हजार ९ सय ९२ जनसंख्या रहेको छ । जसमा पुरुष १७ हजार ४ सय ७१ रहेका छन् भने महिला १८ हजार ५ सय २१ रहेका छन् । ८ हजार ७ सय ८३ घर संंख्यामा ९ हजार २ सय ९५ घर परिवार रहेका छन् । २०६८ सालमा ३७ हजार ९ सय ९७ रहेको थियो । पाँचखालमा २ हजार ५ जना घटेका छन् ।

मण्डनदेउपुर नगरपालिकामा ३१ हजार २ सय ६१ रहेको छ । १५ हजार ३ सय ३५ पुरुष र १५ हजार ९ सय २६ महिला रहेका छन् । ७ हजार ८ सय ६१ घर संख्यामा ८ हजार २ सय २० परिवार संख्या रहेको छ । २०६८ सालमा ३२ हजार ६ सय ५९ जनसंख्या रहेको थियो । १ हजार ३ सय ९८ घटेको छ ।

नमोबुद्ध नगरपालिकामा २६ हजार २ सय ८० जनसंख्या रहेको छ । १२ हजार ५ सय ७९ पुरुष र १३ हजार ७ सय १ महिला रहेका छन् । ६ हजार ९ सय ८८ घर परिवार संख्यामा ७ हजार ४ सय ६ रहेको छ । नमोबुद्धमा २०६८ सालमा २९ हजार ५ सय १९ रहेको थियो । झण्डै ४ हजार जनसंख्या घटेको छ ।

बेथान्चोक गाउँपालिकामा १४ हजार ९ सय ९६ पुगेको छ । जसमा ७ हजार २ सय २९ पुरुष र ७ हजार ७ सय ६७ महिला छन् । भुम्लु गाउँपालिकामा १५ हजार ८ सय ५८ जनसंख्या रहेको छ । जसमा ७ हजार ६ सय ७ पुरुष र ८ हजार २ सय ५१ महिला रहेका छन् । चौरीदेउराली गाउँपालिकामा १४ हजार १ सय ६ जनसंख्या रहेको छ ।

जसमा ६ हजार ६ सय ६८ पुरुष र ७ हजार ४ सय ३८ महिला रहेका छन् । खानीखोलामा १२ हजार ३ सय ७५ जनसंख्या रहेको छ । जसमा ६ हजार १ सय ३१ पुरुष र ६ हजार २ सय ४४ महिला रहेका छन् । महाभारत गाउँपालिकामा १६ हजार १ सय ४८ रहेको छ । जसमा ७ हजार ९ सय ३३ पुरुष र ८ हजार २ सय १५ महिला रहेका छन् ।

रोशी गाउँपालिकामा २३ हजार ५ सय ११ जनसंख्या रहेको छ । जसमा पुरुष ११ हजार ४ सय ५८ र महिला १२ हजार ९३ जना रहेका छन् । तेमाल गाउँपालिकामा १६ हजार ९ सय ५९ जनसंख्या रहेको छ । जसमा पुरुष ८ हजार १ सय ९७ रहेको छ भने महिला ८ हजार ७ सय ६२ रहेको छ ।

नेपाल समाचारबाट

8470
Shares

ट्रेन्डिङ