सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • दोलालघाटबाट हराएका सिर्जनाको श व फेला, माधव अझै बेपत्ता

दोलालघाटबाट हराएका सिर्जनाको श व फेला, माधव अझै बेपत्ता

14195
Shares
दोलालघाटबाट हराएका सिर्जनाको श व फेला, माधव अझै बेपत्ता

 

काभ्रेको दोलालघाटबाट हराएका दुई जनामध्ये एक जनाको श व फेला परेको छ ।

यहि माघ २ गते बाट  सुनकोशी नदि दोभानमा बाहिरी बस्त्र छाडेर बे प त्ता भएका पनौती नगरपालिका वडा नं. ८ खरिबोटका माधव फुयाँल र नमोबुद्ध नगरपालिका ५ की सिर्जना भण्डारी कोइरालामध्ये नमोबुद्ध नगरपालिका ५ की सिर्जना भण्डारी कोइरालाको शव भेटिएको हो ।

उनको श व आज सिन्धुलीको झाँगाझोलीमा फेला परेको हो ।

स्थानीयबासीले एक महिलाको शव देखेको खबर थाहा पाएपछि सिन्धुली प्र ह रीले जिल्ला प्र ह री कार्यालय काभ्रेलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार उनका श्रीमानले उक्त श व आफ्नी पत्नीको भएको भनी सनाखत गरेपछि अहिले श वलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

 

14195
Shares

ट्रेन्डिङ