सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

पशुपति पेन्ट्समा आगलागी

3065
Shares
पशुपति पेन्ट्समा आगलागी

रासस । मंसिर २७
विराटनगर–९ स्थित पशुपति पेन्ट्स उद्योगमा आगलागी भएको छ । उद्योगको कार्यालयमा आज दिउँसो १२ बजे आगलागी भएको हो ।
प्रहरीका अनुसार कर्कटपाता लगाइएको कार्यालयको छानो चुहिन थालेपछि वेल्डिङ गरेर टाल्ने क्रममा आगलागी भएको थियोे ।
आगलागीमा परेर एउटा कम्प्युटर, ल्यापटप, एसी मेसिन, सिसी क्यामेरा र कार्यालयमा भएका अन्य सामान जल्दा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । वारुणयन्त्र र प्रहरीको सहयोगमा एक घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

3065
Shares

ट्रेन्डिङ