सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विमल चम्किदा नेपालले मरिससलाई हरायो

विमल चम्किदा नेपालले मरिससलाई हरायो

5900
Shares
विमल चम्किदा नेपालले मरिससलाई हरायो

 

काठमाडौं, १५ माघ : नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ ।

 

शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे ।

विमलले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । एक वर्षपछि टिममा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।

अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालको लागि यो उनको नवौं गोल हो ।

नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ ।

 

5900
Shares

ट्रेन्डिङ