सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेपालमा फेरि देखियो बर्डफ्लु

नेपालमा फेरि देखियो बर्डफ्लु

3875
Shares
नेपालमा फेरि देखियो बर्डफ्लु

 

काठमाडौं : नेपालमा फेरि बर्डफ्लुको सं क्र मण देखापरेको छ।

मोरङ जिल्लाको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुरामा बर्डफ्लु रोग (HPAI H5N1) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।

विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले सो क्षेत्रमा बर्डफ्लु देखिएको र गत शुक्रबार र शनिबार १६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४२ सय अण्डा ११५० केजी दाना र ४ हजार अण्डा सुरक्षित तरिकाले न ष्ट गरिएको जनाएका छन्।

थप सं क्र म ण बढ्न नदिन सो आसपासका फार्मको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा ल्याइएको पनि उनले बताए।

‘एच फाइभ एन वान’ भाइरस निकै सं क्रा म क मानिन्छ। जसको संक्रमणले नेपालमा पहिलोपटक २०७५ चैत १५ गते एक जना मानिसको समेत मृ त्यु भएको थियो।

3875
Shares

ट्रेन्डिङ