सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मरिसससँगकाे खेलमा नेपाललाई अग्रता, किरणले पेनाल्टी राेके

मरिसससँगकाे खेलमा नेपाललाई अग्रता, किरणले पेनाल्टी राेके

3895
Shares
मरिसससँगकाे खेलमा नेपाललाई अग्रता, किरणले पेनाल्टी राेके

 

काठमाडौं, १८ माघ : मरिसससँगकाे दाेस्राे तथा अन्तिम मैत्रीपूर्ण फुटबलमा नेपालले एक गाेलकाे अग्रता लिएकाे छ । खेलकाे १० औँ मिनेटमा सुजल श्रेष्ठले गाेल गर्दै नेपाली टाेलीलाई अग्रता दिलाए ।

यस्तै नेपाली किपर किरण चेम्जाेङले पेनाल्टी प्रहार बचाएका छन् । नेपालले विपक्षी खेलाडीलाई डीबक्समा लडाउँदा मरिससले पाएकाे पेनाल्टी किरणले राेकेका हुन् ।

नेपालले मरिसससँग दुई खेलकाे मैत्रीपूर्ण खेल खेलेकाे हाे । यसअघि गएकाे शनिवार भएकाे खेल नेपालले एक–शून्यले जितेकाे थियाे । नेपाललाई जिताउन दुई वर्षपछि टाेलीमा फर्किएका विमल घर्तीमगरले गाेल गरेका थिए ।

 

3895
Shares

ट्रेन्डिङ