सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नक्कली पीसीआर रिपोर्ट बनाउने काभ्रेका मैनाली सहित ४ जना प क्रा उ

नक्कली पीसीआर रिपोर्ट बनाउने काभ्रेका मैनाली सहित ४ जना प क्रा उ

8325
Shares
नक्कली पीसीआर रिपोर्ट बनाउने काभ्रेका मैनाली सहित ४ जना प क्रा उ

 

नक्कली पीसीआर रिपोर्ट बनाउने ४ जना प क्रा उ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ५ घर भई हाल भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारी बस्ने २९ बर्षीय माधव मैनाली, धनुषा जिल्ला बिदेह नगरपालिका वडा नम्बर ४ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २५ बर्षीय रोसन कुमार छिट्टान रहेका छन् ।

त्यस्तै धनुषा छिरेश्वर नगरपालिका वडा नम्बर १ घर भई हाल गौशाला बस्ने २५ बर्षीय को नागेन्द्र यादव र सर्लाही जिल्ला बलरा नगरपालिका वडा नम्बर ७ घर भई हाल भक्तपुरको कौशलटार बस्ने २४ बर्षीय नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा रहेका छन् ।

भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि. बाट बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पीसीआर रिपोर्ट बनाईदिने गरेको भन्ने सूचनाको आधारमा पुगेको महानगरीय अपराध महाशाखाको टोली प क्राउ गरेको हो ।

प्र हरीले नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट प क्राउ गरिएको हो ।

 

काठमाण्डौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पीसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारी उक्त अस्पतालको ल्याबमा पुग्दा सोही ल्याबका कर्मचारी माधव मैनालीलाई फेला पारी नियन्त्रणमा लिइएको प्र हरीले जनाएको छ ।

 

दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको प्र हरीले जनाएको छ । दुबै अस्पतालका पीसीआर ल्याप सिल गरि गरिएको छ ।

8325
Shares

ट्रेन्डिङ