काभ्रे : धुलिखेल नगरपालिकाको दशौ अधिबेशनको दोस्रो नगर सभा बैठकले तीनवटा विधेयक पारित गरेको छ ।
आज सभाहलमा भएको छलफलले तीन वटा विधेयक पारित गरेको नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो ।
नगरसभाले राजपत्र प्रकाशन सम्बन्धि विधेयक २०७८, नगरपालकाको पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७८ र आम सञ्चार विधेयक २०७८ सर्वसम्मत पारित गरेको हो ।
आम सञ्चार विधेयक २०७८ लाई विशेष महत्वका साथ हेरिएको छ ।
पत्रकारिता क्षेत्रको संस्थागत विकास र श्रमजीवी पत्रकारको हितका लागि पत्रकार कल्याणकारी कोष स्थापना र सञ्चालन गर्न, उक्त कोषमार्फत जेष्ठ पत्रकार सम्मान वृत्ति, श्रमजीवी पत्रकार छात्रवृत्ति, तालिम, पत्रकार लेखन वृत्ति तथा पुरस्कार र पत्रकार बिमा सञ्चालन गरिने नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।
धुलिखेल नगरपालिकाले हालसम्म ८५ वटा भन्दा धेरै नियमावली, कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ ।